इलाम, १ कार्तिकः नेपालप्रहरी कार्य दक्षता मुल्याङ्कन २०८० मा जिल्ला प्रहरी कार्यालय इलाम मातहत रहेको प्रहरी चौकी श्रीअन्तु इलाम नेपालभरीबाट सर्वोत्कृष्ट प्रहरी चौकी घोषणा भएर प्रथम भएको छ ।
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८०” र “महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८०” बमोजिम अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रिय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीसमेतको निरीक्षण अनुगमन टोलीद्वारा मिति २०८० असोज १४ गते प्रहरी चौकीश्रीअन्तु इलामको निरीक्षण गरेको थियो ।
सात वटै प्रदेश प्रहरी कार्यालयहरु,जिल्ला प्रहरी कार्यालय सबै र प्रहरी चौकीहरुको निरीक्षण तथा अनुगमन गर्दा प्रहरी चौकीहरु मध्येबाट प्रहरी चौकी श्रीअन्तु इलाम सर्वोत्कृष्ट भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौले ६८ औं प्रहरी दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रहरी चौकी श्रीअन्तु इलामका चौकी इन्चार्जलाई पुरस्कृत र चौकीलाई सर्वोत्कृष्ट प्रहरी चौकी श्रीन्तु इलाम घोषित गरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवरले प्रशंसा पत्रदिनु भएको थियो ।
गत बर्ष पनि नेपालप्रहरी कार्य दक्षता मुल्याङ्कन २०७९ मा ७७ जिल्लाहरु मध्येबाट सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय इलाम प्रथम धोषित भएको थियो ।
0 comments:
Post a Comment