इलामको सन्दकपुरमा ४२ फीट अग्लो शिवको प्रतिमा बनाइने


इलाम, २१ असोजः  इलामको  सन्दकपुर गाउँपालिका ३ को तालगाउँमा अत्रिश्वर शिव पाञ्चायन मन्दिर निर्माण गरिएको छ । मन्दिरमा ४२ फीट अग्लो भगवान शिवको प्रतिमा बनाउने तयारी गरिएको मन्दिर निर्माण समितिले जनाएको छ । 
स्थानीय र विभिन्न क्षेत्रका दाताहरुको सहयोगबाट संकलित करिव १२ लाखको लागतमा मन्दिर निर्माण भएको हो । यहाँ भगवान शिवको प्रतिमा समेत राख्ने तयारी भएको निर्माण समितिका माधव कल्पितले जानकारी दिनुभयो । मन्दिर क्षेत्रमा आगामी असोज २८ गतेदेखि नवदुर्गा पुजा लगाउने तयारी गरिएको छ । 
मन्दिरलाई साँस्कृतिक संग्रहालयको रुपमा निर्माण गर्न स्थानीय बासीन्दाले श्रमदान थालेका छन् । मन्दिर निर्माणका लागि अविरत्न स्मृति प्रतिष्ठानका सदस्यहरुले दुइ रोपनी जग्गा दान गरेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment