विदेश जान छाडेर इलाम चुलाचुलीका युवाले गरे व्यवसायिक लिचि खेती


इलाम, २१ असोजः इलामको चुलाचुली लिची खेतीको पकेट क्षेत्रमा विस्तार हुदै गएको छ । चुलाचुली वडा नम्बर ५ को लाहुरे टोलमा उत्पादन भएको लिचि र लिचिका  विरुवा देशभर फैलिन थालेको छ । व्यवसायिक लिचि खेतीमा यहाँका किसान समाहित भएका छन् । 
चुलाचुली गाउँ पालिका वडा ५ को लाहुरे बस्तीका युवाहरु लीचि खेतीमा आकर्षित भएका हुन । आफ्नै देशमा कृषि उद्यम गर्ने उदेश्यले यहाँका धेरै परिवारमा लिचिका बगान विस्तार गर्ने होड चलेको छ । लिचिको फल मात्र नभएर अहिले चिचिका बोटमा विरुवा उत्पादनका लागि कलमी ( एयर लेयरिङ) गरेको देख्न सकिन्छ । 
लिचि खेती गरीरहेका प्रकाश राई आफ्नो बगानको लिचि देशभरमा फैलन थालेकोमा खुशी व्यक्त गर्दछन् । आफ्नो बुबाले नै लिचिको विरुवा ल्याएर गाउँमा लिचि लगाउन प्रोत्साहन गरेको उनको भनाई छ ।  गाउँभर नै विस्तार भएको लिचि एक विगाहामा दुइ सय बोट लगाउन सकिने किसानको भनाई छ । सिडलेस लिचि, चाइनिज लिचि र मुजफ्फपुर जातका लिचि किसानहरुले लगाएका छन् । वार्षिक एक वोट लिचिबाट १२ हजार सम्म आम्दानी भएको किसानहरुको भनाई छ । गाउँपालिकाले किसानको योगदानका आधारमा लिचि जोन बनाउन पहल गर्ने भएको अध्यक्ष राजेन्द्र केरुङ बताउनुहुन्छ । 
लिचिका कलमी विरुवा चार सय रुपैया गोटा घरबाटै विक्रि हुने गरेको पाइएको छ । धेरै मात्रामा उन्नत जातका लिचिको विरुवा माग भएकाले विरुवाबाट पनि धेरै आर्जन गर्न सकिने किसानहरुको अनुभव रहेको छ । लिचि खेतीमा हावापानी सुहाउदो क्षेत्र भएकाले लिचि खेती र प्रविधिमा सरकारी लगानी आवश्यक रहेको उनीहरुको माग रहेको छ । 
 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment