रोङमा सबै वालबालिकाको बैक खाता र दैनिक बचतको ब्यवस्ता

  • गोबिन्द पौडेल 

रोङ १४ कार्तिक, इलामको रोङ गाउपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको बैकखाता खोलिने भएको छ ।
गाउपालिकालेअध्यक्ष संग बिद्यार्थी बिधालयमा आधारित उधमशिलता कार्यक्रमको कार्यबिधी २०८०अन्तरगत वालबालिकाहरुवाट दैनिक रु एक रुपैया मागेर एक रुपैया थपिदिदै बचत प्रोत्साहन र बानिको बिकास गराउन लागेको हो ।
वालबालिकाहरुको लागि एकरुपैया अनिवार्य हो तर उनिहरुले आफुसग भएको अन्य पैसा समेत उक्त खातामा जम्मा गर्न मिल्ने तर गाउपालिकाले भने दैनिक एक रुपैया मात्रै थपिदिने कार्यक्रम तिहार लगत्तै थालिने अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
बचत बिद्यार्थी तर्फ  न्युनतम रु एक वा जति पनि गर्न सक्ने गाउपालिका तर्फ  अधिकतम रु एक थपिने छ ।
यस कार्यक्रममा जोडिन सम्पुर्ण अभिभावक र बिद्यार्थीलाई गाउपालिकाले विनम्र अनुरोध छ। अनावश्यक खर्च कटौती गरौ, भबिस्यको लागि बचत गरौ गाउपालिकाको अनुरोध छ ।
गाउपालिकाको बार्षिक ठूलो बजेट छात्रवृत्ति शिर्षकमा खर्च हुन्छ तथापि सबै बिद्यार्थीले पर्याप्त छात्रवृत्ति पाउन सकेको छैन। छात्रवृत्ति बाढनु दिगो समाधान पनि होइन। छात्रवृत्तिको स्थाई समाधानको लागि बिद्यार्थीले दैनिक न्युनतम रु एक र गाउपालिकाले दैनिक अधिकतम रु एक बचत गरि उच्च शिक्षाको लागि मात्र निस्कने सर्तमा बचत कार्यक्रम अघि सारिएको हो। यो छात्रवृत्तिको बिकल्पको रुपमा पनि हेर्न सकिन्छ।अध्यक्ष स्याङ्वोले बताए ।
बचतको सस्कार सहित बित्तिय साक्षरताको बिकास गाउपालिकाले गराउने छ।
स्कुल तहबाटै उधमशिलताको शिक्षा प्रदान गर्दै बेरोजगारी समस्या समाधान गर्न पालिकाले अभिभावक शिक्षा समेत थालनि गर्ने तैयारी गरेको छ ।आफ्ना नानिहरुको शैक्षिक बिकाशमा अभिभावकहरुको जिम्बेवारी बोध गराउदै समग्र वालबिकाशमा अभिभावकहरुको भुमिका र जिम्वेवारीको अभिभावक शिक्षा लागु गरिने भएको हो ।यस अघिनै पालिकाले शिक्षकहरुलाई आई सिटिको माध्यामबाट शिक्षण सिकाई गराउन सबै बिद्यालयहरुमा आईसिटि सामाग्री बितरण गरि अनुगमनको लागि सि सि क्यामेरा र ई हाजिरी जोडेर पालिकासगको कनेक्टिभिटि गरि अनुगमनको ब्यवस्ता मिलईसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment