आगलागीमा परेर महिलाको मृत्यु

 १४ कार्तिक २०८०, मंगलवार 

ओखलढुङ्गा। ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७हर्कपुरमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ ।
भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटना स्थलमै मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो भने घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया पश्चात शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment