इलामको मङ्गलवारे– पुङफुङ –एकतप्पा सडकः रोकिएको कालोपत्रे पुनः धुलोमानै कालोपत्रेको तयारी


इलाम, ३० असोजः इलामको देउमाई नगरपालिकाबाट पुङ फुङ हुँदै एकतप्पा पुग्ने सडक कालोपत्रेमा ठेकेदारले बर्खामा कालोपत्रे गरेको भन्दै रोकिएको थियो । फाकफोकथुम गाउँपालिकाले बर्खामा कालोपत्रे गरेको र गुणस्तरहीन काम भएको भन्दै जिल्ला समन्वय समितिसँगको संयुक्त अनुगमनमा काम रोकिएको थियो । मौसम खुले सँगै कालोपत्रेको काम सुरु भए पनि भत्किएको बेसलाई नबनाई पुन कालोपत्रे गर्न थालेको छ ।
 प्राइम लगाएर छाडेको उक्त सडक कालोपत्रे गर्नलाई फेरी प्राइम हाल्न खोजेको र बेस नै बिगारेकोले गर्दा बेस नबनाई प्राइम हालेको राम्रो नुहुने फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले बताइन ।  बेस भत्तिकएर यस्तो अवस्था हुँदा त्यही बेस नै नबनाई कालोपत्रेको काम गर्दा गुणस्तरीय काम नहुने भन्दै बेस बनाएरै कालोपत्रे गर्नुपर्ने उनको भनाई छ । ‘त्यहा जति बढारे पनि भित्रबाट माटै माटो आउने भन्दै माटोमा प्राईम दलेर पिच गरेर हुन्छ र रु भन्दै उपाध्यक्ष राईले गाउपालिकाको क्षेत्रमा काम भएको जुन सुकै योजनाको काम आँखामा छारो हाल्ने गरीको गर्न हुँदैन ।’ निर्माणका क्रममा राम्रो काम भएन भने यो सडक पनि नेपालटार मंगलवारे सडक जस्तै हालत हुने भन्दै जति गरेको काम गुणस्तरीय गर्नुपर्ने उनको भनाई छ । फाकफोकथुम गाउँपालिका वडा नं। ६ का अध्यक्ष टङ्क खनालले अहिले कालोपत्रे गर्न लागेको सडकको काम पनि गुणस्तरीय नभएको बताए । उनले बेस भत्किएको छ त्यसैमाथि प्राइमर लगाएर कालोपत्रे गर्दा पनि क्वालिटी राम्रो नहुने भन्दै भत्किएको सडकको बेस बनाएर कालोपत्रे गर्नुपर्ने बताउँछन् ।  
देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको सिमानामा पर्ने देउमाई खोला पारि कमेरेमा कालो पत्रेको लागि तयार गरेको ठाउँ गत असारमै हातले कोट्याउँदा माटो निस्किएपछि अनुगमन टोलीले काम रोकेको थियो । कालोपत्रे गर्न तयारी बनाएको ठाउँ गुणस्तरीय नपाएपछि मौसम खुलेपश्चात् काम गर्ने सहमतिमा रोकिए पनि अहिले त्यसैलाई निरन्तरता दिँदा झन् गुणस्तरीय नहुने भएको छ । 
यता निर्माणको जिम्मा पाएका कम्पनीका सन्तोष कटुवाल आफूले गरेको कामको १० वर्षे ग्यारेन्टी दिने बताउँछन् । उनले आफूले काम गरेको सडक १० वर्ष सम्म केही नहुने भन्दै गर्दा गत आर्थिक वर्षको अन्तिममा गरेको सोही सडकको पुुङफुङ खण्डमा भत्किन थालेको छ । कालोपत्रे गरेको तीन वर्ष सम्म मर्मत गर्नुपर्ने भएपनी सडकको टुप्पोमा कालोपत्रे नपुगी सुरुको कालोपत्रे भत्किन थालेपछि निर्माण सम्पन्न नै हुँदा सम्ममा धेरै सजो ठाउँमा भत्किसक्ने देखिएको छ । उक्त सडक निर्माण कम्पनीले कोरियन कन्सल्टेन्ट पनि सँगै हुने हुँदा सबै काम ओके नभएसम्म अघि बढाउन नपाउने हुँदा काममा लापरबाही नहुने बताएको छ  ।  एसियाली विकास बैकको सहयोगमा ग्रामीण सडक सञ्जाल आयोजनाका लागि भ्याट बाहेक ५२ करोड ९५ लाखमा निर्माण सुरु भएको हो । जसमा माङ्सेबुङ गाउँपालिकामा १३ किलोमिटर र मङ्गलवारे, पुङफुङहुँदै फाकफोकथुमको कमेरे सम्मको साढे नौ किलोमिटरको सडक कालोपत्रे गर्ने जिम्मा पाएका थिए । अव २५ सय मिटर काम मात्र बाँकी रहेको छ ।
सन्दकपुर अनलाइनबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment