२९ आश्विन २०८०, सोमबार
पथरी शनिश्चरे, मोरङको पथरीशनिश्चरेमा शंकास्पद मृत्यु भएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।
पथरीशनिश्चरे –१ हनुमानचोकमा परिवारसहित डेरामा बस्दै आएकी अन्दाजी २५ वर्षीया चाँदनी चौधरीको शव सोमबार दिउँसो २:४५ बजेतिर ओछ्यानमा सुतिरहेको अवस्थामा भेटिएको हो ।
मृतकको घाँटी कसेको र टाउकोमा कुनै वस्तुले प्रहार गरेजस्तो देखिने चोट रहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । हाल सम्म स्पष्ट रूपले ठाउँ – ठेगाना खुल्न नसकेको र मृतकको श्रीमान् पनि फरार रहेकाले निजको खोजी भइरहेको बताउदैं ईलाका प्रहरी कार्यालय पथरीबाट घटनाबारे अनुसन्धान भैरहेको ईप्रका पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हत्या गरेपछि शव लगेर ओछ्यानमा राखिदिएको वा ओछ्यानमै घाँटी कसेर र कुनै वस्तुले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने डिएसपी श्रेष्ठले बताएका छन्।
कोठा भाडामा लिएर चाँदनीसहित उनका पति अन्दाजी ३५ वर्षीय मुकेश चौधरी र २ नाबालक छोराहरु बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय प्रेमबहादुर श्रेष्ठको घरमा २ महिनादेखि डेरा बस्दै आएकी चाँदनीले पानीपुरी र चटपटेको व्यापार गर्ने गर्थिन् ।
घरको ओछ्यानमा सुतिरहेको तथा शरीरमा चोटपटक रहेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनालाई शंकास्पद मानेको हो । कोठाभित्र ओछ्यानमा चाँदनीको शव भेटिएपनि उनका पति र नाबालक छोराहरु घरमा नभएको पाइएको छ । पति र नाबालक छोराहरु कहाँ छन् भन्ने यकिन भइसकेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको जनाईएको छ।

0 comments:
Post a Comment