इलाम, ३० असोजः जिल्ला प्रहरी कार्यालय इलामले ६८ औं प्रहरी दिवश एक समारोहका बिच कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाको अध्यक्षता तथा इलाम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुखहरु, पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारजनहरु, संचारकर्मी,सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत,प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
बिक्रम सम्बत २०१२ साल असोज ३१ गते “प्रहरी ऐन २०१२” ले प्रहरी संगठनलाई बैधानिकता प्रदान गरेको यो दिन हामी बीच बिशेष दिनको रुपमा रहेको छ । प्रहरी संगठनले बैधानिकता प्राप्त गरेको ६८ बर्ष लामो एवं गरिमामय ईतिहासमा यो विशेष दिन बिबिध कार्यक्रमका साथ आजकै दिन नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु,नेपाल प्रहरी प्रदेश कार्यालयहरुर जिल्ला प्रहरी कार्यालयहरुमा स्थापित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई वीर अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले पनि कर्तब्य पालनाको शिलशिलामा वीरगती प्राप्त सम्पूर्ण अमर प्रहरी कर्मचारीहरुको सम्मानमा शोक सलामी दिई वीरगति प्राप्त अमर प्रहरी स्मारकमा रेथ अर्पण तथा माल्यार्पण समेत गरीएको थियो ।
कार्यक्रम संगठन प्रमुख प्रहरी महानिरिक्षक बसन्त बहादुर कुवरले ६८ औ प्रहरी दिवशको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देशजिल्ला प्रहरी कार्यालय इलामकाप्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले वाचन गर्नु भएको थियो भने प्रहरी कामकार्वाहीमा उत्कृष्ट भुमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुस्कृत समेत गरीएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम प्रमुख प्रहरी निरीक्षक बिष्णु बहादुर खड्का,प्रहरी बरीष्ठ नायव निरीक्षक भोज कुमार रंजितकार,प्रहरी नायव निरीक्षक तारा कटुवाल, प्रहरी नायव निरीक्षक चन्द्र लिम्बु,प्रहरी सहायक निरीक्षक मन्जु चौधरी, प्रहरी सहायक निरीक्षक जोशन तामाङ,प्रहरी वरीष्ट हवल्दार बिजय राई,प्रहरी हवल्दार पुष्प भट्टराई,प्रहरी हवल्दार रिद्धि खनाल, प्रहरी हवल्दार,गोपाल राई,प्रहरी सहायक हवल्दार सन्जय माबोहाङ लिम्बु,प्रहरी सहायक हवल्दार,राजेश श्रेष्ठर प्रहरी जवान यमुना पोखरेल पुस्कृत भएका थिए ।
त्यस्तै प्रहरी दिवसकै अवसरमा समुदायमा नेपाल प्रहरीको भुमिका निबन्ध प्रतियोगितमा इलाम जिल्लाको बिभिन्न बिद्यालयहरुबाट १२ जना बिद्यार्थीहरु सहभागी भएकोमा नन्द माध्यमिक बिद्यालयका बिद्यार्थीमनिषा पाख्रिनपहिलो,जोति सदन बोडिङ स्कुलका बिद्यार्थीकृपा चाम्लिङ राईदितियरआदर्श माध्यमिक बिद्यालयका बिद्यार्थीप्रज्ञा न्यौपाने तृतिय भएकोमा ३ नै जनालाईपुस्कृत गरीएको थियो भने अमर प्रहरी कर्मचारीहरुको परिवारलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले सम्मान गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत बिभिन्न महानुभावहरुले ६८ औं प्रहरी दिवशको अवसरमा शुभकामना मनतब्य राख्नु भएको थियो भनेकार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन सहित जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडालेकार्यक्रम समापन गर्नु भएको थियो।
0 comments:
Post a Comment