इलामका गोविन्द लिम्बूको हत्यामा संलग्न ३ जना सार्वजनिक

 १५ आश्विन २०८०, सोमबार

 
दमक । झापाको दमक १ कुमाल चोकस्थित एक होटलमा चार दिनअघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चुलाचुली ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिए पनि मुख्य आरोपी दमक ७ स्थित सयपत्री टोलका २२ वर्षीय सनम राईसहित अन्य संदिग्धहरु फरार थिए । 
सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टप्पुस्थित एक घरमा मोटरसाइकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गर्न सफल भएको हो । झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक १ स्थित नवदुर्गा टोलका २२ वर्षीय आनन्द भनिने २२ राजकुमार भुजेल र दमक ७ राधाकृष्ण टोलका १८ वर्षीय रोहन भनिने सुवास आलमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकमा आज पत्रकार सम्मेलन गरी जानकारी दिए । 
मुख्य आरोपी राई, भुजेल र आलमलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । मुख्य आरोपी राई, भुजेल र आलमलाई इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङसमेतको उपस्थितिमा सार्वजनिक गरिएको हो । उनीहरुले प्रारम्भिक चरणमा दिएको बयानअनुसार राईसहितको तीन जनाको समूहले मदिराले लठ्ठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बूको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment