एसएसवी जैस्वालको सतकमा भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य


इलाम, १६ असोजः १९औं एसियाली खेलकुदको पुरुष  क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिङ  गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएको हो । 
भारतका लागि एसएसवी जैस्वालले सतकीय पारी खेले उनले ४९ बल खेल्दै १०० रन बनाएका हुन । कप्तान ॠतुराज गायकवाडले २५ रन र रिंकु सिंहले ३५ रन बनाए नेपालको लागि दिपेन्द्र सिंह एरीले २ विकेट र सोमपाल कामी र सन्दीप लामिछानेले १÷१ विकेट निकाले । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment