इलामको कोलबुङमा शौक्षिक भ्रणको वस दुर्घटना ३६ जना घाईते, १ को मृत्य,केहिको अवस्था गम्भिर


इलाम, ३ मंसिरः इलामको कोलवुङमा वस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।  बेलुका ५  बजेको समयमा  इलामको रोङ गाउँपालिका ३ कोलबुङ स्थित मेची राजमार्गमा कन्यामबाट झापा तर्फ जादै गरेको जनकपुरबाट शौक्षिक भ्रमण गरी फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिव तीन सय मिटर तल खसेको हो ।  बसमा  ३७ जना  यात्रु सवार रहेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरिक्षको टोली र  इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षकको टोली घटना स्थलमा पुगी ३६ जना घाईतेलाई उद्धार गरेको छ । उद्धार गरिएकालाई उपचारको लागी झापा तर्फ पठाईएको र घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको तथा १०/१२ बर्ष जस्तो देखिने बालकरुखमा अडकिएको अवस्थामा रहेको निज बालकलाई समेत प्रहरीले उद्धार गरीरहेको प्रहरीले जनाएको छ । 
अस्पताल पठाइएका घाइते मध्ये एक जनाको मृत्यु भई सकेको घटना स्थलमा रहेका प्रत्यक्षदर्शीले जानकारी गराएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment