इलाम, २३ कार्तिकः जिल्ला प्रहरी कार्यालय इलामले२०८० साल भदौ र असोज महिनामा बिभिन्न मितिमा अदालतबाट दोषि भई कैद तथा जरिवाना तोकिएका २३ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ परेका फरार प्रतिबादीहरुलाई सम्मानित अदालत समक्ष पेश गरी थुनाको लागि इलाम कारागार पठाईएको छ। जसले गर्दा समाजमा शान्ति सुरक्षाको स्थितिथप सुदृढ भएको छ भने सर्वसाधरण नागरिकले सुरक्षाको अनुभव गर्न पाएको र पीडित परिवारले समेत राहत पाएको अनुभति गरेका छन ।
इलाम जिल्लामा मात्र नभई अन्यत्र जिल्ला समेत लुकीछिपि बसेका फरार प्रतिवादीहरुलाई सादा पोसाकमा प्रहरी परिचालन गरी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, बिष्फोटक पदार्थ, चोरी, सवारी ज्यान, वन, बहुविवाह, कुटपिट,घरेलु हिंसा र सार्वजनिक अपराध मुद्दाका प्रतिवादीहरु रहेका छन । जिल्ला प्रहरी कार्यालय इलामले बाँकी रहेका फरार प्रतिबादीहरु समेतलाई पक्राउ गर्न थप तिब्रता दिई रहेकोछ जनाएको छ ।
0 comments:
Post a Comment