- गोबिन्द पौडेल
अनुपम प्राकृतिक,धार्मिक,पुरातात्विक महत्वको स्थानहरुको खोजी र प्रवर्धन गरिदै आएको रोङ गाउपालिका वडा न ५ को चिसापानी डाँडामा बनेको किरात पार्क अहिले पुग्नै पर्ने गन्तब्य बनेको छ ।
गाउभरिनै राई समुदायको वसोवास रहेको चिसापानी र आसपासका मानिसहरु सबैजना आफ्नै भाषा बोल्ने,सस्कृति चालचलन सस्कार र रितिरिवाजमा रम्ने गरेका र उनिहरुको भाषा धर्म सस्कृति परम्परा जान्न चाहनेहरुको लागि भिन्नैस्थानको रुपमा रहेको चिसापानि डाँडामा वृहत किरात सास्कृतिक पार्कको कल्पना गरि निर्माण थालिएको रोङ ५ का वडाध्यक्ष दल बहादुर पुलामीले बताए ।
रोङ गाउपालिकाले अधिल्लो कार्यकालदेखीनै थालिएको किरात पार्कको लागि बजेट बिनियोजन गरि देवानछाप, देवानगढि, मुर्चुङ्गे भिउ टावर सगै वृहत पार्कको काम अहिले पनि निरन्तर रुपमा लैजाने र तराईबाट टिमाई गौडा पाथिभरा, देवानछाप लगायतको करिडोर बिकाश गरि कर्सोङ पदमार्गमा जोडेर पर्यटकहरु भित्राउने प्रचुर सभावना रहेकोले आफुहरु यो सास्कृतिक पार्क निर्माणमा लगातार प्रयत्नशिल रहने निवर्तमान वडाध्यक्ष तथा वर्तमान कार्यपालिका सदस्य युवराज खाप्तुवा राईले बताए ।
चिसापानिमा किरात सभ्यता मात्रै हैन पाथिभरा गिद्दे पहरा, झ्ण्डी डाडाको पहरा, टिमाई खोलाको शिर नेपाल र भारतको समथर भुभाग अनि सूर्योदयको मनमोहक दृशयावलोकन गर्न सकिने स्थान पनि रहेकोले अहिले पर्यटकहरु आउन थालेको र यसलाई पिकनिक स्थलको रुपमा बिकाश गर्नुपर्ने स्थानीय युवा बिशाल खाप्तुवा राईले बताए ।
चुरे क्षेत्रमा पर्ने चिसापानि तल मधेसमा गर्मी र तातो पानी रहदा चिसो हावा र पानी पाईने गरेको कारण सिङ्गो गाउको नाम नै चिसापानी रहेको बुढापाकाहरुका भनाई रहेको छ ।
0 comments:
Post a Comment