एक दिवसीय क्रिकेटमा विराट कोहलीले बनाए ५० शतकको कीर्तिमान, एकै दिन दुई कीर्तिमान भंग


२९ कात्तिक, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् ।
विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।
तेन्दुलकरले ४५१ औं  एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ शतक बनाएका थिए भने कोहलीले २७७ औं खेलमा दक्षिण अफ्रिकाविरुद्ध यही विश्वकपमा शतक हान्दै ४९ शतकको कीर्तिमान बराबरी गरेका थिए । न्युजिल्याण्डविरुद्धको खेलमा उनले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाएर आउट भए ।
कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।
याे सँगै  विराटल  विश्वकमकाे एक  सिजनमा सवै भन्दा धेरै रन बनाउने  सचिनकै  कीर्तिमान पनि भंग गरेका छन्र ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment