झापा । एन्फा रेफ्री लक्ष्मण जैसवाल (लखन)का भाइ भरत जैसवाल आज मृत फेला परेका छन् । हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका जैसवाल मृत भेटिएका हुन् । हिजो (सोमबार) बेलुका देउसी खेल्न भन्दै घरबाट निस्किएका ३० वर्षीय जैसवाल आज अपरान्ह मेचीनगर ११ स्थित गोजाबस्तीमा मृत भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिए । आज दिउँसो २ः३० बजेको समयमा स्थानीयहरुले लडिरहेको देखेर खबर गरेपछि प्रहरी पुगेको थियो । प्रहरी पुग्नुअघि नै जैसवालको मृत्यु भइसकेको प्रहरी निरीक्षक शर्माले बताए । मृतकको शवको कानूनी प्रक्रिया पुरा गरी परिवारको जिम्मा लगाएको शर्माले बताए ।
झापामा देउसी खेल्न हिडेका रेफ्रीका भाइ मृत भेटिए

0 comments:
Post a Comment