इलामकाे दमक–चिसापानी सडक : निर्माण भएर हैन, भत्किएर सकिँदै

बुधबार, ४ पौष, २०८०

इलाम : दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको भएपनि निर्माणको का अलपत्र छ  निर्माण कम्पनीले काम गर्दा गर्दै छोडेर भागेपछि सडक अलपत्र बनेको हो ।  दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिएपनि ठेकेदारको लापरवाहीका कारण सडक अलपत्र अवस्थामा छ । तीन वटा खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो । सडक निर्माण भएको २५ वर्षपछि बहुवर्षे योजनासहित निर्माणको काम पूरा गर्ने गरी बजेटसहित ठेक्कालागे पनि समयमा काम नहुँदा स्थानीयले समस्या भोगी रहेका छन । 
दमकबाट पहिलो खण्ड सात किलोमिटर पहिलो प्याकेजका लागि चारपटक म्याद थपिएपनि  भएको छ काम पूरा भएको छैन । पहिलो खण्डअन्तर्गत सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । 
ठेक्का परे पनि ठेकेदामरले काम नगर्दा सडकनै अलपत्र बन्न पुगेको छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको भएपनि काम भने अत्यन्तै सुस्त भएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी, इन्जिनियर गौतमकुमार देव बताउछन । 
‘यसको पनि म्याद केही महिनाअघि नै सकिएको छ,’ उनले भने, दोस्रो खण्डमा करिब ६२ प्रतिशत काम भएको र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको पनि छ ।’ ‘निर्माण व्यवसायीलाई बारम्बार रूपमा कामअघि बढाउनका लागि निर्देशन दिएपनि   काम गर्न अटेर गरेको उनको भनाई छ । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशतमात्र काम भएको कार्यालयले जनाएको छ । 


झन्डै ३३ वर्षदेखि यो सडक दमकसहित आसपासको क्षेत्रको चुनावी एजेन्डा तथा प्राथमिक मुद्दा बनिरहेको छ । २०४८÷०४९ देखि सडकको विषयमा चर्चा हुँदै आएको हो । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर पार्टीका शीर्ष नेताले समेत यस सडक निर्माण आफूहरूको प्राथमिकता रहेको बताउने गरेका छन् । 
सडक अलपत्र बनेपछि माङसेबुङ गाउँपालिकाले गत असोज छ गते जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र काटेर सहजिकरणका लागि आग्रह समेत गरेको थियो । गाउँपालिकाका अध्यक्ष हेमन्त राईले हस्ताक्षर गरेको पत्रमा सङ्घीय सरकारबाट दमक चिसापानी रबी सडक निर्माणको काम रोकिएको भन्दै सडकको मर्मत संहार समेत नहुँदा यातायात अवरुद्ध भएको ले यात्रा कष्टकर भएको हुँदा सहजीकरण गरिदिन आग्रह गरेका छन् । सडक मर्मतका लागि पटक पटक सडक डिभिजन कार्यालय दमकलाई अनुरोध गर्दा समेत कुनै काम नभएको भन्दै आउँदै गरेको चाड वाड अघि नै सडक मर्मत र समयमै सम्पन्न गर्नका लागी सहजीकरण गरिदिनु भन्दै आग्रह गरेका थिए । 
सडकमा भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक चुँडिएको छ । बाटो कटिङ र ब्रेकर लगाई  सडक अलपत्र बनाएर निर्माण कम्पनी लुम्बिनी गणपति जे भी सम्पर्क विहीन बनेपछि  सडकको अवस्था झन नाजुक बन्नथालेको हो । सडक अलपत्र छोडी निर्माण कम्पनी अलपत्र हुँदा दमक देखी माङसेबुङको चिसापानी जोड्ने सडक त अलपत्र बन्यो नै सडकको समस्या हुँदा त्यहाँका जनताले सास्ती भोगिरहेको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसान राई बताउँछन् ।  
सडक आसपासमा निर्माणका लागि ल्याइएका रोलर, ग्रेडर, स्काभेटर, जेसीभी, टिप्पर लगायत थुप्रै उपकरणहरू देखिन्छन् । तर ती उपकणहरूमा खिया लाग्न थालिसकेका छन् भने निर्माण हुँदै गरेको काम किन रोकियो भन्नेमा स्थानीय बेखबर छन् । लुम्बिनी गणपति जे भी नयाँबानेश्वर, काठमाडौँले ५९ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैयाँ (भ्याट र पिएसहित) मा सडक कालोपत्रे स्तरको स्तरोन्नति गर्ने कार्यका लागि २०७६ फागुन २ गते सम्झौता गरेको थियो । २०७९ फागुन २ मा सम्पन्न गर्ने गरी सम्झौता भए पनि  समयमा काम नभएपछि एक वर्षका लागि म्याद थपियो त । थप गरिएको म्याद पनि फागुनमा सकिँदै छ तर सडक भने निर्माण भएर हैन भत्किएर सकिने अवस्थामा पुगेको स्थानीय बताउँछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment