आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष चौधरी आठ दिनपछि रिहा

२०८० पौष ४ गते , बुधबार


नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी आठ दिनपछि मंगलबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा २० हजार रुपैयाँ धरौटी बुझाएर चौधरी रिहा भएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा प्रहरीले चौधरीलाई मङ्सिर २६ गते राति घरबाटै पक्राउ गरेको थियो ।  
प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका उनीमाथि मुख्यमन्त्रीको गाडीमा तोडफोड गरेको भन्दै ५ लाख रुपैयाँको बिगो हालिएको थियो । अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुई पटक म्याद थपेको थियो । पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो । 
८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिएको झापा प्रहरीले जनाएको छ । काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका चौधरीलाई तीन दिनअघि नै रिहा गर्ने भनिएकोमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीका कारण उनलाई ८ दिनसम्म थुनामा राखिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment