झापाकाे हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

२०८० पौष ४ गते , बुधबार


झापा । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय  सहयोगीमा कार्य‌रत थिए । 
राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको प्रहरीले जनाएको छ । गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको  थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment