- गोबिन्द पौडेल
साप्ताहिक हाट चुलिढुङ्गा कृषि बजारको पहिलो साधारण सभाले राईलाई अध्यक्षमा सर्वसहमत छानेको हो ।
घरगाउमै साप्ताहिक हाट लगाउन चुलिढुंगा कृषि बजार लगाउने भनेर पहिलोपटक २०७७ माघ २६ गते बसेर समिति गठन गरिएको थियो ।
२०७७ फागुन २३ गते आईतबारका दिन तत्कालिन रोङ गाउपालिका अध्यक्षको प्रमुख आतिथ्यमा उद्घाटन भएको बजार कोभिडले बैशाखबाट बन्द भयो। ०७७ भदौ १० गतेदेखि पुनः प्रत्येक आईतबार संचालन भएको हाट निरन्तर लागि रहेको छ।
बजारको संरचना निर्माणको लागि गाउँपालिकाको ३ लाख लगानीमा टहरा र शौचालय निर्माणका भईसकेको छ । भने स्थानीयको थप ३ लाख बराबरको श्रम र अन्य कच्चापदार्थ खर्च गरेका छन् ।
स्थानीय राम बहादुर राईबाट २ रोपनी दिने सर्तमा उक्त जग्गाको प्राविधिक रुपमा समस्या भए पछि मालपोत नापि कार्यालयसंग समन्वय गरि सकिएको र प्रक्रियागत कार्य थालनि गरिएको छ ।
साङ दोर्जे तामाङ, पदम तामाङबाट २÷२ रोपनी जग्गा दिने सहमति भई माघ सम्ममा पास भई आउने प्रक्रियामा छ।
टहरा निर्माण भएको जग्गा सरकारी प्रति जग्गा हो । हालसालै वडाको सहयोगमा जेसिवी लगाएर दाताले दिने जग्गामा अफिस निर्माणका लागि खारेको अवस्था छ।
बजारको स्थायित्व र विकासका लागि भनेर शुभेच्छुकहरुबाट संकलन भएको कोष नै ८६ हजार संकलन भएको छ भने चालु बर्षमा कोशी प्रदेश सरकारवाट १२ लाख पचासहजार बिनियोजन समेत भएको सचिव डिबि लिङदम शेसेमिले बताए ।
नव गठित समपतिको उपाध्यक्षमा सुशिला थेबे सचिबमा दिल बहादुर लिङ्दम् सेसेमी, उपसचिवमा अश्विन राई, कोषाध्यक्षमा पबित्र देबि खवास सदस्यहरु ईन्द्र बहादुर राई, मिरा देबि राई, मुना तामाङ, फुर्बा तामाङ र पुष्पलाल हर्कमान सुन्दास गरी जम्मा ११ सदस्य रहेका छन् । उपाध्यक्ष याममाया तामाङको अध्क्षतामा भएको पहिलो अधिवेशनमा वडाध्यक्ष सत्यम राई चौरासेको प्रमुख आतिथ्यतामा भएको थियो ।
यता नव बर्ष २०८० को शुरुआत देखि नै चुलिढुङ्गा कृषि बजारको स्थानमा बिबाद देखिएको छ ।अहिले बजार लाग्ने स्थान चियानघारी रहेको र मानिसहरु बिरामी हुने गरेको भन्दै करिव पाचसय मिटरको दुरीमा अर्को भन्ज्याङ बजार लगाउन थालिएको छ । बजार स्थापना कालदेखी नै स्थानिय समुदायसग समन्वय नगरिएको र बजारको भुगोल राम्रो नभएको भन्दै स्थानिय हस्त राईको अध्यक्षतामा करबहादुर राई लाल बहादुर राई, मालती राई, दुर्गा माया राई लगायतको समानान्तर बजार स्थापना गरि शुक्रवारे हाट सचालन गर्नथालिएको छ । भन्ज्याङमा वजार स्थापना गर्न स्थानिय डम्वर राईले चार रोपनि,रहरसिह राई,अशोक राई र ठोकमान राईले एक एक रोपनी जमिन दिएको रोङ गाउपालिका वडा न ६ ले बजार ब्यवस्थापन गर्न पचासहजार रकम दिएको भएपनि रोङ गाउपालिकाले एकैठाउमा दुईवटा बजार हुन नसक्ने भन्दै गाउपालिकाले योजना सझौता नगरिदिएको अध्यक्ष हस्त राईले बताए ।यता शुरुआति दिन देखि नै भुगोल अनुपयुक्त स्थानमा रहेको र अन्य समुदायले असहमती रहेकोले वडाले ५० हजार रकम बिनियोजन गरेको तर गाउपालिकाले वडाको योजना कार्यन्वयन गर्न बाधक बनेको वडा सदस्य धिरज राईले बताए । चुलिढुङ्गा कृषि बजार स्थापना हुदा वर्तमान वडा सदस्य धिरज राई सो समितिको सल्लाहकार थिए ।

0 comments:
Post a Comment