झापामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु

२०८० पौष ४ गते , बुधबार


झापा । झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बुधबार बिहान करिब ५ बजेको समयमा स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए । सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ । घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment