फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प

२०८० मंसीर १७ गते , आईतबार


फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ । ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको केही समयपछि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको हो । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा पहिलो शक्तिशाली भूकम्प गएको हो ।
अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले पहिलो भूकम्प ७ दशमलव ४ र त्यसपछि ६ दशमलव १ रेक्टर स्केलको अर्को भूकम्प गएको जनाएको छ । हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ ।
भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment