दुर्घटनापछि अवरुद्ध धरान–धनकुटा खण्ड खुल्यो

मंसिर १७, २०८०


काठमाडौँ — एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि अवरुद्ध कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड आइतबार दिउँसोबाट सुचारु भएको छ । साँगुरीगढी गाउँपालिका–६, कोलबोटेमा एकै स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका थिए । 
एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नंबरको गाडी समेत दुर्घटनामा परेको थियो । विपरित दिशाबाट आउँदै गरेको प्रदेश २ ०३ ००१ क १५२१ नंबरको टिपरले साँझ सवा ७ बजे ठक्कर दिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज चन्द्र श्रेष्ठका अनुसार शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । उक्त टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटनामा परेको थियो । त्यसपछि लगातार थप तेस्रो टिपर समेत अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर दुर्घटनामा परेको हो । त्यसपछि सडक पूर्णरुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी इन्चार्ज श्रेष्ठले जानकारी दिए ।
एकपछि अर्को गर्दै दुर्घटना भएपछि तत्काल सडक खुलाउन नसकिएको उनले बताएका थिए । क्रेन मार्फत दुर्घटनामा परेका टिपर हटाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख टंकप्रसाद कोइरालाले बताएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment