बिर्तामोडमा बेलुन फुलाउने मेशिन विस्फोट, एकजनाको खुट्टा चुँडियो, अवस्था गम्भिर

२०८० माघ २ गते , मंगलबार


बिर्तामोड नगरपालिका-७ स्थित वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् । स्कुलले मंगलबार आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउने क्रममा ग्यास भरिएको मेशिन विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनलाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडाध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग छेदविछेद अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एकजना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment