बालिकालाई बलात्कार गरेको आरोपमा अहेव पक्राउ

२०८० माघ १७ गते , बुधबार


खोटाङमा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् ।

मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएकोबेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाका ’दयगतमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पिडित बराहपोखरी ९क १० को दावी छ । घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । स्वास्थ्यचौकीबाट घर फर्काए लगत्तै हजुरमाको मृत्यु भएको र काजकिरियाको काममा लाग्दा उजुरी दिन ढिलाइ भएको पिडितको भनाई छ । माघ ११ गते हजुरमाको काजकिरिया सकेपछि मात्रै पिडित प्रहरीचौकी धर्तुङ पुगेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment