माछाभित्र ब्राउन सुगर हालेर ल्याउने पक्राउ

२०८० माघ १७ गते , बुधबार


काँचो माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने व्यक्ति पक्राउ परेका छन्। बर्दिया जिल्ला कारागारमा कैदीलाई भेट्ने बहानामा काँचो माछाभित्र प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाएर लैजान खोज्ने जिल्लाको गुलरिया नगरपालिका – २ संगमबस्तीका २२ वर्षीय विजय तिरूवा पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालले सेतोपाटीलाई बताए।

'कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले जाँच गर्ने क्रममा माछाभित्र लुकाई लैजान लागेको ब्राउन सुगर बरामद गरेका हुन्,' डिएसपी अर्यालले भने, 'पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन बाँकी छ।' विजयले काँचो माछाभित्र ५२० मिलीग्राम ब्राउन सुगर लुकाएका थिए। विजयले जेलमा रहेका साथीको आग्रहमा माछाभित्र ब्राउन सुगर राखेर पुर्‍याउन गएको बयान दिएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment