दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना, दर्जन बढी घाइते

२०८० फाल्गुन १२ गते , शनिबार


दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना, दर्जन बढी घाइते

झापा । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस शिवसताक्षीको माइधारमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । औषधि व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस दुर्घटना भएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । बस पल्टिएर राजमार्गदेखि तल खसेको थियो । घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरी निरीक्षक गिरीले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment