इलामको माईमा एकजना मृत भेटिए

इलाम
२०८० फाल्गुन ५ गते , शनिबार


इलामको माईमा एक जना मृत भेटिएका छन् । घरबाट बाँस काट्न गएका माई नगरपालिका- ८ दुङदुङेका ३९ वर्षीय श्याम राई घरनजिकै माई खोलामा मृत भेटिएका हुन् ।
मृतककी पत्नी सुनिता खाजा लिएर जाँदा श्याम खोलामा घोप्टो परेर मृत अवस्थामा फेला परेका थिए । काटेको बाँस खोलाको किनारमा राखेर आफूले लगाएको सर्ट धुँदै गर्दा घोप्टो परेर पानीमा लडेको अवस्थामा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । उनका श्रीमती र चार वर्षकी एक छोरी छन् । उनको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment