इलामको फाकफोकथुममा अपराध रोकथाम न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम


इलाम, ७ फाल्गुनः जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा फाकफोकथुम गाउँपालिका इलामको आयोजनामा इलामको फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेवि माध्यमिक बिद्यालय आमचोक र फाकफोकथुम गाउँपालिका ७ स्थित सिंह देवि माध्यमिक बिद्यालय शिकारी भन्ञ्याङ इलाममा बालविवाह, लैंगिक हिंसा, आत्महत्या, लागु औषध, बालवालिकाको लागी आधारभुत सुरक्षा तथा साईवर अपराध सम्बन्धी १ दिने सचेतनामुक कार्यक्रम सम्पन्न भएको छ ।
हेर्नुहाेस  भिडियाेमा 


कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, शिक्षिका, स्थानियवासी, बिद्यार्थिहरुको अबिभावक र बिद्यार्थिहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई सोही बिषयबस्तुमा आधारित पर्चा पम्प्लेट समेत बितरण गरीएको कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।  ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment