आगलागी नियन्त्रणका सामग्री हस्तान्तरण


इलाम । वन जंगलमा हुने डढेलो वा आगलागी नियन्त्रणका लागि चाहिने विभिन्न उपकरण सहितका सामग्री हस्तान्तरण गरिएको छ । जिल्लाको दक्षिणी चुरे वन क्षेत्रमा लक्षित डढेलो नियन्त्रणका लागि ती सामग्री ससस्त्र प्रहरी वल इलाम गुल्म र नेपाली सेनाको रणशार्दुल गणलाई उपलव्ध गराइएको हो । डिभिजन वन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ससस्त्र प्रहरी उपरिक्षक द्रोण विष्ट र रणशार्दुल गणका गणपति कर्णेल प्रल्हाद घलेलाई सामग्री हस्तान्तरण गर्नुभयो । कार्यालयका सुचना अधिकारी गजेन्द्र श्रेष्ठले नेपाल प्रहरीलाई समेत उक्त सामग्री उपलव्ध गराइनै जानकारी दिएका छन् । 
चुरे उत्थानशील आयोजना मार्फत उपलव्ध भएका सामग्रीहरुमा सीक्कल, खुर्पा, बो स , हाते आरा (ठूलो, सानो) बञ्चरो, सावेल, गैती, दाँते (रेक) सेफ्टी बेल्ट, हेल्मेट, हेण्ड ग्लोव, प्राथमिक उपचार सामग्रीको बाकस रहेका छन् । यस्तै उध्याउने ढुंगा, डिभार्किङ रड, पावर चेन स, फेस मास्क, वाटर जेट व्याग, फायर फ्ल्यापर, फायर सुट सेट, टर्च लाइट, फाइत एस्टीङ्गवीसर लगायतका सामग्री रहेका छन् । प्राप्त सामग्री चुलाचुली र माई क्षेत्रमा रहेका ससस्त्र क्याम्पमा राखिने बताइएको छ । 
फागुन चैत्र बैशाख महिनामा चुरै क्षेत्रमा रहेका घना वन जंगलमा आगलागीको समस्या वर्षेनी हुने गरेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment