बुधबारेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


बिर्तामोड ।झापाको बुद्धशान्तिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुद्धशान्ति –१ नमूना चोकस्थित भित्री सडक खण्डमा बुधवारेबाट भोटेटारतर्फ जाँदै गरेको प्रदेश ३÷०२÷००५ प ७१०९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक ३३ वर्षीय धर्मेन्द्र सिञ्जालीको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इलामको रोङ –१ का ३४ वर्षीय कैलाश राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेकोे र सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment