इलाममा ब्राउन सुगर सहित २ जना पक्राउ

 बुधबार, चैत्र ७ २०८०


इलाममा ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलामको इलाम नगरपालिका–७ टुडीखेलबाट स्थानीय ३० बर्षाीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी झापा, र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका–५ मा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको इटहरी उप–महानगरपालिका–४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम ब्राउन सुगर र प्रदेश नं। १–००२–०४४ प ३८१ नम्बरको मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–२ बिरिङ पुलबाट मे ७ प १०२७ नम्बरको मोटरसाईकल चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक , मोटरसाईकल पछाडी सवार २६ बर्षीय मो। हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर र मोटरसाईकलसहित नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका–१ का २८ बर्षीय विशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment