हल्दिबारीमा दुईवटा मोटरसाइकल ठोक्किँदा गाउँपालिकामा कार्यरत कर्मचारीको मृत्यु

२०८० फाल्गुन २९ गते , मंगलबार


झापा । झापाको हल्दिबारीमा दुईवटा मोटरसाइकल जुध्दा घाइते भएका चार जनामध्ये एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ४ः४५ बजेको समयमा हल्दिबारी ४ स्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे ८ प ८१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १० प ६५१५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।



घाइतेमध्ये मे ८ प ८१२ नम्बरको मोटरसाइकल चालक कचनकवल ३ बस्ने २२ वर्षीय भवानीशंकर खतिवडा रोशनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो । बीएण्डसी हस्पिटलको सघन कक्षमा उपचार भइरहेका खतिवडाको हिजै बेलुकी मृत्यु भइसकेको भए पनि अस्पतालले आज मात्र मृत्यु भएको घोषणा गरेको जनाइएको छ । मृतक खतिवडा कचनकवल गाउँपालिका कृषि प्राविधिकको रुपमा कार्यरत थिए । सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने २१ वर्षीय शिवुलाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनामा मे १० प ६५१५ नम्बरको मोटरसाइकल चालक कचनकवल– १ बस्ने १९ वर्षीय सुजन तामाङको टाउको ,अनुहार र दाहिने खुट्टामा चोट लागेको थियो । उनको अवस्था अहिले मध्यम रहेको छ । सोही मोटरसाइकलको पछाडि सवार गौरादह– १ बस्ने १८ वर्षीय पुकार कटुवालको दाहिने हातमा चोट लागेको थियो। उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment