इलाम २ उपनिर्वाचनः एमाले भित्र उम्मेदवार बन्न कर्यालय सचिव रविन्द्र सहित ६ जना आकांक्षी


इलाम, २९ फाल्गुनः  इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि नेकपा एमाले पार्टीबाट उम्मेदवार बनाउन इलामका कार्यालय सचिव रविन्द्र्र सुवेदी सहित ६ जनाले निवेदन दिएका छन् । 
उम्मेदवारका आकांक्षीमा सुवास नेम्बाङका छोरा सुहाङ नेम्बाङ, रिपल राई, बुद्धी खनाल, नरेन्द्रनाथ भट्टराई, डा. देवी क्षेत्री दुलाल रहेका छन् ।

 
एमाले जिल्ला कमिटीले चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न कार्यदल गठन गरेको थियो । सम्भावित उम्मेदवारको नाम कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा बनाइएको कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम सदस्य छन् ।
कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी पाएको सचिव गुरुङले जानकारी दिए । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।
गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment