बसले मोटरसाइकललाई ठक्कर इलामका प्रतीक राईको मृत्यु

२०८० फाल्गुन २८ गते , सोमबार


उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग गाईघाट–कटारी सडक खण्ड अन्तर्गत त्रियुगा नगरपालिका- ७ कालिखोला होक्सेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इलामको सूर्योदय नगरपालिकाका २४ वर्षीय प्रतीक राईको मृत्यु भएको हो ।


कटारीबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बसले विपरीत दिशामा रहेको झापाली राईडर लेखिएको प्रदेश १–०१–०१६प ४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment