- गोविन्द पौडेल
लुकेर रहेको कला बाहिर निकाल्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । ‘भनिन्छ आगोके सानो झिल्काले भयावह डढेलो लगाउन सक्छ यस्तै दुर्गममा अवसर नपाएर गुम्सिएको कलालाई बिशेष अवसर दियो भने भोलि देश बिदेशमा चर्चा कमाउने कला रोङ भित्रबाट निस्कन पनि सक्छ’ उनले भने, यसकारण पनि यस्ता कला बोकेका नागरिकहरुलाइ बाटो देखाउन गाउँपालिकाको प्रयत्न रहेको छ ।’
गाउँपालिका अध्यक्ष नै अध्यक्ष रहने रोङ प्रतिभा खोजी समितिमा कला साहित्य सगित क्षेत्रमा योगदान गरेका ब्यनक्तिहरुमध्ये अध्क्षले मनोनित गरेका एकजना संयोजक सहित पाँच सदस्यीय समिति रहने छ । विभिन्न तीन चरणमा हुने प्रतिभा खोजीमा प्रारम्भिक चरनमा समितिद्वारा स्क्यानिङ गरिने, दोस्रो चरणमा स्वतन्त्र निर्णायक मण्डलले प्रतिस्पर्धात्मक छनौट र अन्तिम चरणमा स्वतन्त्र निर्णायक मण्डलद्वारानै अन्तिम प्रतिस्पर्धात्मक छनौट गरिने छ ।
विजयी प्रतिभालाई जिल्ला, प्रदेश राष्ट्रिय स्तरको प्रतियोगिता, थप कला र सफ आर्जनको अवसर अनि विभिन्न सस्था वा कलाकारहरुसग अवसरका लागि पालिकाले पहल गरिदिने छ । रोङले प्रतिभाका लागि चालु वर्षमा आठ लाख बजेट विनियोजन गरेको छ ।
0 comments:
Post a Comment