झापाको शिवसताक्षीमा एउटै मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु


झापा । झापाको शिवसताक्षीमा एउटै मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एक आपस ठोक्किँदा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
मृत्यु हुनेमा कमल गाउँपालिका–४ बस्ने बर्ष २० को युनिश भण्डारी, सोही स्थानका १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका– ६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment