इलामको जमुनामा पिकअप दुर्घटना हुँदा घिमिरेको मृत्यु

 शुक्रबार बैशाख 


इलाम– इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका-५, बरबोटका २३ वर्षे तोया घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदैगर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले जानकारी दिए । 
प्रहरीका अनुसार बिब्ल्याँटेबाट जमुनातर्फ जाँदैगरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का २० वर्षे चालक अभिशेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment