वैकल्पिकउर्जा प्रयोगमा सदस्यको पहुच र प्रयोग वृद्धिमा सहाराको अभिमुखिकरण


इलाम, २६ वैशाखः सहारा नेपाल साकोस सेवा केन्द्र इलामले “वैकल्पिकउर्जा प्रयोगमा सदस्यको पहुच र प्रयोग वृद्धि”भन्ने विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम मंलबार सेवा केन्द्र इलामको कार्यालयमा सम्पन्न गरेको छ । संस्थाको संचालक समितिले चैत्र १४ गतेदेखि आफ्ना सदस्यहरु माझ वैकल्पिक उर्जाको महत्वबुझाई यसबाट हुने फाइदाहरुको बारेमाजानकारी गराउदै विद्युतीय चुल्होको प्रयोगमा उत्प्रेरित गर्ने, वैकल्पिक उर्जाका प्रविधिहरु जडान गराई काममा सहजतथा सरल गराई सदस्यहरुको खर्च घटाउने कार्यमा मद्धत पुग्ने आदिभएकाले संस्थाको सम्पूर्ण सेवाकेन्द्रमा आबद्ध सदस्यहरुलाई यो हरित उर्जा ऋण अन्तर्गत (बाल्ट्रा कम्पनिका सामग्रीहरु) विद्युतीय चुल्हो,प्रेशर कुकर,फ्राइपेन,कराई र दिउरे गरी जम्मा ५ वटा सामग्रीलाई प्याकेजको रुपमा बजार खुद्रा मूल्य भन्दा सस्तो र सहजतवरले उपलब्ध गराउन शुरु गरिएको हो । याे कार्यक्रम संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीको परिकल्पनामा सञ्चालन भइरहेकाे छ । 
विद्युतीय तरगंबाट भाडालाई तताएर पकवान तयार गर्ने प्रविधिको रुपमा विकसित भइरहेका विभिन्न कम्पनिका उत्पादनको रुपमा बजारमा भित्रिदै गएका विद्युतीय चुल्हाहरु,उक्त विद्युतीय चुल्हो प्रयोगबाट हुनसक्ने विभिन्न फाईदाहरु जस्तै वातावरण मैत्री,समयको वचत,आर्थिक भार कम,एलपीग्यासको मूल्य घटबढ तथापूर्ति अभावले जनजीवनमा पार्ने प्रतिकुल प्रभावहरुका समयमा समेत सहजता  हुनसक्ने, वजार मूल्यभन्दा कम मूल्यमाउ क्त सामानहरु यस सहकारी सहारा नेपाल साकोसमा आबद्धले मात्रप्राप्त गर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।  

सामाग्रीहरु आफ्नो अनुगमन कार्यालय मातहतका सेवाकेन्द्रहरुबाट सदस्यहरुलाई उपलब्ध गराउन थालिएको सहारा नेपाल साकोस अनुगमन कार्यालय इलामका अनुगमन अधिकृत तोयानाथ आचार्यले बताउनुभयो। कार्यक्रममा सहारा नेपाल साकोसले विगत देखि समुदायमा आधारित रहि आफ्ना सदस्यहरुलाई विभिन्न पेशाव्यवसायका लागी विभिन्न क्षेत्रमा  पु¥याउदै आएका विभिन्न वित्तिय सेवाहरु व्यवसायीकर्जा, युवा स्वरोजगार अन्तर्गतको अटो कर्जा आदि उपलब्ध गराउदै आएकोमा हाल वैकल्पिक उर्जा प्रयोगको क्षेत्रमा“वैकल्पिक उर्जा प्रयोगमा सदस्यको पहँुच र प्रयोग वृद्धि” अभियानको रुपमा संस्थामा आबद्ध सदस्यहरुलाई सहज र सरल रुपमा हरित उर्जा ऋण अन्तर्गत रहने गरी इलाम नगरपालिकाका विभिन्न वडा तथा सन्दकपुर सन्दकपुर गाउँपालिका. वडा नं.१ मा रहेका हालसम्म ५० जना सदस्यहरुलाई विद्युतीय चुल्हो (इन्डक्सन चुल्हो)तथा सामग्रीहरु उपलब्ध गराई सकिएको साथै आगामि जेठ दोश्रो साता सम्ममा पुन करिब १०० जना सदस्यहरुलाई थप उपलब्ध गराउने गरी नाम संकलन गर्न थालिसकिएको सेवाकेन्द्र इलाम प्रमुख के.पी. लुईटेलले जानकारी गराउनुभयो । 
सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु सम्झना गुरुङ्ग, अनुप रिजाल, सरस्वती कर्की तथा पशु प्राविधिक दिपक पाठककोे व्यवस्थापन सहभागी सम्पूर्णको सामूहिक सभापतित्वएवम् ओम साई टे«डर्स बाल्ट्राडिलर बिर्तामोडका प्रतिनिधिश्री पंकज खरेलको सहजीकरणमा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको इलाम सेवाकेन्द्रका प्रमुख के.पी लुईटेलले जानारी गराए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment