झापाको पृथ्वीनगरमा धारिलो हतियार प्रयोग गरी एक बृद्धाको हत्या


बिर्तामोड । झापाको पृथ्वीनगरमा धारिलो हतियार प्रयोग गरी एक बृद्धाको हत्या भएको छ ।
भद्रपुर नगरपालिका २ स्थित डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई सोही ठाउँका ४० वर्षीय राजेश तामाङले धारिलो हतियार सिक्कलले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सिक्कल प्रहारबाट बृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बृद्धको हत्या गरी खेतमा लुकिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment