बिर्तामोडबाट पोस्तोलसहित एक जना पक्राउ


बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–७ स्थित फक्तालुङ(सिरान) टोलका ३० वर्षीय सुरेश पराजुली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरमा आफ्नै भाउजुसंग झै–झगडा तथा विवाद गरिरहेको अवस्थामा पुगेको प्रहरी टोलीले घरमा खानतलासी गर्दा अवैध रुपमा लुकाई राखेको बिडसहितको १० इञ्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको हो ।
घरमा लुकाई राखेको अवस्थामा अवैध हतियार फेला परेसंगै पराजुलीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment