१६ साउन, काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।
बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार, मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।
बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा बाढी आएको छ । बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।
‘कुलेश्वर र बल्खुबाट मात्रै ११ जनालाई सुरक्षित स्थानमा लगेका छौं’, मैनालीले भने, ‘नयाँ बसपार्कस्थित मितेरी पुलबाट २४ वर्षीया मनिषा बुढाथोकीलाई उद्धार गरेर ग्रिनसिटी अस्पतालमा लगेका छौं ।’
0 comments:
Post a Comment