पुलबाट ट्रक खस्दा चालकको मृत्यु



२०८१ श्रावण २९ गते , मंगलबार

सप्तरीमा ट्रक पुलबाट तल खस्दा चालकको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे ६ बजेको समयमा शम्भुनाथ नगरपालिका ५ पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक पुलभन्दा तल खसेको हो ।

मधेश प्रदेश ०३–००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक मोहनपुरपुलबाट अन्दाजी १५/२० मिटर तल खस्दा मोरङको उर्लाबारी नगरपलिका १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment