हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

झापा
२०८१ श्रावण २९ गते , मंगलबार


हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


मोक्तान मंगलबार बेलुकी ५ बजेको समयमा चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्ने गएका थिए । सोही क्रममा करेन्ट लागेर घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो ।
अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटना पश्चात् जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानका लागि पुगेको पूर्व वडाध्यक्ष होम चुडालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment