२०८१ भाद्र १४ गते , शुक्रबार
इलामको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिएका राजन माइकल गुरुङको निधन भएको छ ।
बुधवार बिहान स्कुलमै अकस्मात ढलेका उनलाई बिहीवार साँझ थप उपचारका लागि भारतको सिलिगुडी पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनलाई चिकित्सकले ब्रेन ह्यामरेज र हर्ट अट्याक्ट भएको बताएका थिए । गुरुङको अन्त्येष्टि भोलि दिउँसो १ बजे भारतको दार्जिलिङ जिल्लाअन्तर्गत कालिङपोङमा गरिने जनाइएको छ । उनको पार्थिव शरीर हिजो राति नै कालिङपोङ पुर्याइएको छ । इलाम प्याब्सनले स्व. गुरुङप्रति श्रद्धा सुमन व्यक्त गर्न भदौ १६ गते आइतबार संस्थागत विद्यालयहरुमा शोक विदा दिने तयारी गरेको छ ।
दार्जिलिङ कालिङपोङ बनवस्तीका स्थायी बासिन्दा गुरुङले २०५३ सालमा माउन्ट मेची सेकेण्डरी बोर्डिङ स्कुलमा शिक्षण गरेका थिए । २०५४ मा ग्रीन भ्याली अंग्रेजी बोर्डिङमा प्रिन्सिपल भएका उनी २०७९ देखि पुनः माउन्ट मेची सेकेण्डरी बोर्डिङको प्रिन्सिपल भएका थिए ।

0 comments:
Post a Comment