पाँचथरमा विस्फोटक पदार्थ पड्किंदा घाइते दाजुबहिनीको मृत्यु

शुक्रबार, भदौ १४, २०८१


पाँचथर । बिहिबार दिउसो पाँचथरको फालेलुङ ५मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका दिलिप साँबाको २ वर्षीय छोरी पिन्शा सावाँ र ११  वर्षीय दिपशन साँवा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पिन्शा र दिपशन सावाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि सुविधा सम्पन्न अस्पतलालमा रेफर गरिएको थियो । पिन्शा साँवाको बिहिबार राति १० बजे इलाम पुग्दै बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


दिपशन साँवाको बिहिबार राति झापाको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।
बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएका थिए ।
घाइते ११ वर्षिय पबन राईको उपचार जिल्ला अस्पताल पाँचथमा भइरहेको छ । सामान्य घाइते ७ वर्षिय दिपशन राईको स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पाँचथरको फालेलुङ ५मा विस्फोट विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ भएको पाइएको छ । सुरक्षा निकायले पुष्टी गर्न बाँकी छ । नेपाली सेनाको टोली पुगे पछि मात्र पुष्टी हुनेछ । शुक्रबार बिहान मात्र नेपाली सेनाको टोली घटनास्थल पुग्ने बताइएको छ । विस्फोट भएको घरमा दिउसो विस्फोट विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ फेला परेको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment