इलामको जिर्मलेमा बिरामीको चाप, जनशक्तीको अभाव

  • गोबिन्द पौडेल 

रोङ १४ मसिरः  रोङ गाउपालिकाको जिर्मलेको दुईवटा स्वास्थ्य सस्थाहरुमा थेपारी सेवा सुचारु भएपछि सेवाग्राहिहरुको चाप बढेको छ ।
 रोङ ६ को जिर्मले स्वास्थ्य चौकि र रम्भ्याङ अआधारभुत स्वास्थ केन्द्रमा फिजियो थेरापि सगै अन्य सेवाग्राहिहरुको चाप रहेपनि न्युन जनशक्तिको कारण सेवा सचालनमा कठिनाई देखिएको छ ।

दुईजना स्वास्थ्य कर्मि रहेको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रमा गत मसिर ९ गते देखि उपकरण सचालन गर्न दुई दिन स्वास्थ्यकर्मी लाई तालिम प्रदान थेरापिस्ट मनिषा पोखरेल उपस्थित हुदा सेवाग्राहिहरुको चापको कारण बिहान ७ बजेवाट बेलुका ७ बजेसम्मनै चलाउनु परेको अहिलेपनि दैनिक ३० जना सेवाग्राहि आउने गरेको अनमि रुपा राईले बताए ।नियमित स्वास्थ्य  सेवा,खोप,रिपोर्टिङ  लगायतको अतिरिक्त फिजियो थेरापि समेत सुचारु थरिदा आफुहरुलाई अत्यन्तै कठिन अवस्था रहेको सेवाग्राहिको चाप अनुसार एक बिरामिलाई ३५ मिनट गरिनु पर्ने थेरापी १५ मिनट गरिनु बाध्यता रहेको उनले बताए ।
हाडजोर्नि,मासपेसिका दुखाई,नशासबन्धि ,पक्षघात समस्याभएका बिरामीहरुलाई उपयोगि मानिने फिजियो थेरापीमा सोहि प्रकारका बिरामिहरु आउने गरेको अनमि राईले बताए ।
यसवारेमा रोङ स्वास्थ्य  शाखा प्रमुख युवराज काफ्लेसग कुरा गर्दा सिमित जनशक्तिको बावजुत पनि सेवाग्राहिको चापअनुसार जनशक्ति  थप गर्ने पहल भईरहेको र केहिदिनमै थप जनशक्ति ब्यवस्थापन गर्ने बताए ।
स्वास्थ्य  सेवा लिन अशक्त,जेष्टनागरिकहरु आईरहदा जनशक्ति अभावको कारण लामो समयसम्म पनि पालो पर्खनु पर्ने बाध्यता रहेकोले जनशक्ति ब्यवस्थापनमा स्थानि सरकारले तुरुन्तै पहल गर्नुपर्ने स्थानिय युवा रजित साम्पाङले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment