रेडहर्ष फूटबल क्लब इलामले इलामका युवा पत्रकार गणेश घिमिरेलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । इलाममा सम्पन्न इलाम गोल्डकपको फाइनलको समापनमा क्लबले पत्रकार घिमिरेलाई प्रथम रेडहर्ष पत्रकारीता पुरस्कारबाट पुरस्कृत एवं सम्मान गरेको हो ।
क्लब स्थापना कालदेखि इलामको खेल पर्यटनलाई सुचना सञ्चारको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले पत्रकार घिमिरेलाई नगद ११ हजार ५ सय रुपैंयाँ सहित सम्मान गरेको हो । पत्रकार घिमिरे स्थानीय रेडियो नेपालबाणी एफएएमका समाचार सम्पादक हुन् ।
0 comments:
Post a Comment