इलाममा बिग्रेको ट्रक बनाउने क्रममा च्यापिएर चालकको मृत्यु

२०८१ पौष २ गते , मंगलबार

इलाममा बिग्रेको ट्रक बनाउने क्रममा ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ । गएराति १२:५ बजे इलाम माङसेबुङ–.३ सल्लेनीस्थित भित्री सडक खण्डमा रविबाट दमकतर्फ गोलिया बोकेर आउँदै गरेको ना ३ ख ६०३७ नम्बरको ट्रकको पछाडिको दाहिने साइडको चक्काको हेङगर बल्टु भाँच्चिएको थियो ।


त्यसलाई बनाउने क्रममा गाडी उठाउने जग चिप्लिन गई उक्त ट्रकको बडीले च्यापिई ट्रक चालक पाँचथर हिलिहाङ–७ भारपा बस्ने ३८ वर्षीय कुमार तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे प्रहरी चौकी बाँझोमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment