इलाममा परालको माँचमा आगलागी हुँदा एकको मृत्यु

२ पुष २०८१, मंगलवार 
  • विमल दहाल, 

इलाम । इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको पराल माँचमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार परालको माँचसगैं जलेर ज्यान गुमाउने व्याक्ति देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवा रहेका छन् ।


करिव एक हप्तादेखि स्थानीय क्षेत्रमा ज्याला मजदुरी गरी हिँड्ने शिवाको ज्यान कसरी गयो र आगलागी कसले गर्यो भन्ने बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment