इलामको गोलवस्तीमा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु


इलाम, २७ माघः इलाममा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । इलाम नगरपालिका– ९ पोखरी स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय विमल खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो । बिहीबार साँझ ७ बजेतिर खवासले सुनुवारलाई कुटपिट गरी घाइते बनाएका थिए । 

सडकमा घाइते भई लडिरहेको अवस्थामा फेला पारी अटोमा हालेर सुनुवारलाई जिल्ला अस्पताल इलाम पठाइएको थियो । जिल्ला अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भई घर गएकोमा हिजो बिहान घाइते सुनुवारले बान्ता गरेका थिए ।
उनलाई आफन्तले पुनः जिल्ला अस्पताल इलाममा लगेकोमा त्यहाँबाट थप उपचारको लागि बिर्तामोड ल्याउँदै गर्दा दिउँसो १ बजेतिर इलामको कन्यामामा मृत्यु भएको हो । कुटपिट गर्ने खवासको खोजतलास भइरहेको इलाम प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment